Premier Cables

विराटनगर समाचार

लायन्स क्लब अफ विराटनगर ग्लोबलकाे १० औँ पदस्थापना कार्यक्रम सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १८, २०८३  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | लायन्स क्लब अफ विराटनगर ग्लोबल ले आफ्नो १० औँ पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । ‘सेवा नै परम धर्म हो’ भन्ने मूल भावनासहित क्लबले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु भएको हो । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले क्लबकका अध्यक्ष अनील रौनियार सहित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराएका थिए ।

विज्ञापन

नयाँ कार्यसमितिको नेतृत्व सम्हाल्दै अध्यक्ष रौनियारले क्लबले विगतदेखि सञ्चालन गर्दै आएको सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई थप विस्तार गर्ने बताइन् । उनले वर्षभरि निरन्तर र प्रभावकारी सेवामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।

क्लबले पछिल्लो समय रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सेवा, मानव सेवा आश्रममा भोजन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष रौनियारले आगामी कार्यकालमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै समाजका आवश्यकतामा आधारित सेवाका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले क्लबका सदस्यलाई डिष्ट्रिक्टका विभिन्न महत्वपूर्ण जिम्मेवारी दिइएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि डिष्ट्रिक्टबाट आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन प्राप्त हुने अपेक्षा राखिन् ।

पदस्थापन कार्यक्रमले क्लबमा नेतृत्व हस्तान्तरणसँगै सामाजिक सेवाको अभियानलाई नयाँ ऊर्जा दिने सन्देश दिएको छ । कार्यक्रममा लायन्स क्लबका अग्रज, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।समारोहमा प्रमुख नेतृत्व तथा अतिथिका रूपमा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल, पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG)हरू लायन धिराज गुरुङ, लायन बाबरजंग थापा, लायन लिला ढुंगेल, लायन विजयहरि शर्मा तथा लायन रेवतबहादुर कार्कीको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka