Premier Cables
Premier Steel

राष्ट्रिय

आन्दोलन रोकेमात्र राप्रपा नेताले सुरक्षाकर्मी पाउने

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, जेठ २१, २०८२  | बिहान ११:४२ बजे

काठमाडौं । सरकारले राप्रपाको आन्दोलन रोकेमात्र‌ पार्टीका शीर्षस्थ नेताहरूलाई सुरक्षाकर्मी उपलब्ध गराउने प्रस्ट पारेको छ ।

गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी दिने बताएका छन् ।

बिज्ञापन

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा धेरै खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको बताउँदै सुरक्षाकर्मी फिर्ता गर्नु परेको बताए ।

‘गणतन्त्रविरुद्ध’ आन्दोलन गर्न थालेपछि राप्रपाका तीन सांसदको पीएसओ खोसिएको थियो ।

समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले यसबारे गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

व्यक्तिगत सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको गृहमन्त्री लेखकले जवाफ दिए “आन्दोलन रोक्नबित्तिकै पुनः खटाइने छ,” उनले भने ।

“सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटना भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ,” गृहमन्त्रीले सांसद तामाङलाई जवाफमा भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka