विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा विभिन्न समूहका ३५ भन्दा बढी उम्मेदवार पराजित भएका छन्।
निर्वाचन परिणाम अनुसार खुला र विभिन्न क्लस्टरबाट ती उमेदवार पराजित भएका हुन् ।
मोरङ–४ को निर्वाचनमा महामन्त्री गुरुराज घिमिरे निर्वाचित भएका छन् । पूर्वअर्थमन्त्री महेश आचार्य, प्रदेश मन्त्री भीम पराजुली, दिलिप गच्छदार, भक्तनाथ माझी, नन्दु सरदार, डम्बर राइऽ विश्वनाथ रिजाल, देवराज चाैधरी, रितेश सरदार, अभिषेक भट्टराइ, मनोज घिमिरे, सूची चाैधरी, दुर्गा काेइराला, जयमाला सरदार, इन्दिरा कार्की विजयी भएका छन् ।
टेकबहादुर भट्टराइ, कविता सरदार, सत्यनारायण माझी, रामकुमार विश्वास, सुनिल कुमार लालवानी र मनोज कुमार माझी पनि विजयी भएका छन् ।
यस्तै अरविन्द शर्मा, पन्कज कुमार शर्मा, मन्दिरा गुरागाइँ, केशर कुमार बस्नेत, कृष्णहरी घिमिरे, भानुभक्त श्रेष्ठ, सिताराम भगत, सत्यनारायण मण्डल, तुलाराम राजवशी, सुरज लिम्बू, सन्जय कुमार माझी र विनोद बस्नेत पनि विजयी भएका छन् ।
