फायल फोटो
विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सन्दर्भमा वडाहरुमा अधिवेशन जारी छ ।
कार्यतालिका अनुसार असोज ३ र ४ गतेभित्र सबै वडामा अधिवेशन, ७ गते पालिका तथा नगर अधिवेशन र ९ र १० गते क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।
यसै सन्दर्भमा कांग्रेस नेता डा. शेखर कोइराला गृहजिल्ला मोरङका अधिकांश क्षेत्रहरुमा वडा अधिवेशन सम्पन्न भएका छन् । मोरङका १, २, ३, ४ र ५ नम्बर क्षेत्रका अधिकांश वडामा सर्वसम्मत र केही वडामा भने निर्वाचन प्रक्रियाबाट कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
तर, कोइरालाको आफ्नो निर्वाचन क्षेत्रका केही वडामा क्रियाशील सदस्यता विवादका कारण रोकिएको अधिवेशन मंगलबार भईरहेको कांग्रेसका युवा नेता कृष्ण कार्कीले जानकारी दिए । विराटनगरका धेरै वडामा अधिवेशन सम्पन्न भएपनि मंगलबार विराटनगर ५, ६, ९ र १२ मा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ ।
यसैक्षेत्रका कोइराला निकट धेरै नेताले वडा अधिवेशनमा सहभागिता जनाएका छैनन् । सहभागी नहुनेमा कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, महाधिवेशन प्रतिनिधि तथा पूर्वमुख्यमन्त्री केदार कार्की, महानगर सभापति दिपक चापागाईं, महानगरका पूर्वसभापति अरुण न्यौपाने, विनायक पन्त लगायत छन् ।
प
