Premier Cables

राजनीति

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | बिहान ९:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल मन्त्री खनाललको सचिवालयले जनाएको छ ।

भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

विज्ञापन

संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka