Premier Cables

समाचार

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी | आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढी नगरपालिका–२ घर भई हाल इटहरीमा बस्दै आएका २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनु ।

विज्ञापन

बिहान मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पु¥याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख हमालले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka