Premier Cables
Premier Steel

अपराध

दाउरा बोकेको सिटी सफारीमा २६ किलो गाँजा, चालक पक्राउ

सन्तोष कुमार बास्तोला Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | साँझ ५:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित मधुमल्लामा दाउरा बोकेर हिँडेको सिटी सफारीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुमल्लाबाट खटिएको टोलीले प्र.१–०२–००४ ह ४१३४ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा सिट र डिकीमुनि लुकाएर राखिएको करिब २६ किलो गाँजा फेला पारेको हो।

बिज्ञापन

गाँजा बरामद भएपछि प्रहरीले सिटी सफारीसहित चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका १ बिरपुरका १९ वर्षीय विजयकुमार सरबरिया रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गाँजा, सिटी सफारी र चालक सरबरियालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।

दाउराको नाममा सिटी सफारीमा लुकाएर गाँजा ओसारपसार गरिएको खुलेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka