Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङको आज अन्त्येष्टि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २२, २०८३  | साँझ ५:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिउँ पहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को आज काठमाडौँको स्वयम्भूमा गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिअघि आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम सम्मान व्यक्त गर्नुभयो।

बिज्ञापन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

यसअघि गुरुङको पार्थिव शरीरलाई शवयात्रासहित स्वयम्भू पुर्‍याइएको थियो। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङका अनुसार उहाँको आजै गुरुङ संस्कारअनुसार अन्त्येष्टि गरिएको हो।

स्वर्गीय गुरुङका परिवारमा बुबा, आमा, श्रीमती, एक छोरा र एक दिदी हुनुहुन्छ। उहाँको पार्थिव शरीर बिहीबार कतार एयरवेजमार्फत पाकिस्तानबाट काठमाडौँ ल्याइएको थियो।

गत साता पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिउँ पहिरोमा परी विभिन्न देशका १० जना आरोहीको मृत्यु भएको थियो, जसमा नेपाली पर्वतारोही पुरबहादुर गुरुङ पनि पर्नुभएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa