Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

करदाता प्रोत्साहन योजना: पहिलो विजेताले पाए १० लाख रुपैयाँ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २२, २०८३  | बिहान ११:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ।

आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नतिजाअनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। १० लाख रुपैयाँका विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ। यसैगरी, अन्य १५ जना उपभोक्ताले जनही एक लाख रुपैयाँको उपहार प्राप्त गरेका छन्।

बिज्ञापन

उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार योजना सञ्चालनमा ल्याएको हो। यस कार्यक्रमको घोषणा चालु आर्थिक वर्षको बजेटमार्फत गरिएको थियो भने पहिलो पटक शुक्रबार उपहार विजेताको घोषणा गरिएको हो।

योजनाअनुसार हरेक १५ दिनमा १५ जना उपभोक्तालाई जनही एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिने व्यवस्था छ।

यस योजनाका लागि विभागले prize.ird.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपालभित्र स्व–प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा नगद भुक्तानी गरी खरिद गर्ने र सक्कली बिल लिएका योग्य उपभोक्ताले उक्त वेबसाइटमा आफ्नो बिल अपलोड गरेर योजनामा सहभागी हुन सक्नेछन्।

विभागका अनुसार क्यूआर कोडमार्फत हुने कारोबार भने प्रणालीमै स्वतः समावेश हुने भएकाले त्यस्ता उपभोक्ताले छुट्टै बिल दर्ता गर्नुपर्ने छैन। बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भुक्तानीको कारोबार विवरण सुरक्षित राखे पुग्नेछ। सोही ट्रान्जेक्सन नम्बर उपहार योजनाका लागि योग्य मानिने विभागले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई औपचारिक कर प्रणालीमा आकर्षित गर्न र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार अर्थ मन्त्रालयले असार अन्तिम साता कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो।

कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ भने प्रत्येक १५–१५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार वितरण गरिने व्यवस्था गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa