Premier Cables

विराटनगर

मोरङमा आज सामाजिक तथा धार्मिक सद्भाव र्‍याली, सबैलाई सहभागि हुन आग्रह

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले आज शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार र्‍याली आज दिउँसो ३ बजे विराटनगरस्थित महेन्द्र चोकबाट सुरु हुनेछ। र्‍याली महेन्द्र चोक–ट्राफिक चोक–पञ्चमुखी हनुमान मन्दिर–वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि रहेको डाँफे चोकसम्म पुग्ने कार्यक्रम रहेको छ।
र्‍यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा, व्यापारी, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा आम नागरिकलाई सहभागी हुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

सुनसरीको देवानगञ्जमा भएको घटनापछि विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले मोरङमा यो र्‍याली आयोजना गर्न लागिएको हो। शुक्रबार बिहान गृहमन्त्री देवानगञ्ज पुगेर स्थानीय पक्षसँग छलफल तथा सहमति प्रक्रिया अघि बढाएका छन्। यता सिराहामा भएको अर्को घटनालाई लिएर मोरङका केही स्थानमा बजारसमेत बन्द गराइएको छ।

विज्ञापन

यस्तो संवेदनशील परिस्थितिमा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारालाई थप सुदृढ बनाउन सबैलाई र्‍यालीमा सहभागी भई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka