Premier Cables
Premier Steel

विराटनगर

कोशी अस्पतालको जग्गा ओगट्ने व्यवसायिक पसलमा भने डोजर चल्ने

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २६, २०८३  | राती ८:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी अस्पताल परिसरभित्र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यवसायिक संरचनामा डोजर चलाइने भएको छ। अस्पताल प्रशासनले शुक्रबार पत्रकार सम्मेलन गर्दै हटाइने संरचना र त्यहाँ सञ्चालनमा रहेका व्यवसायिक पसलहरूको विवरण सार्वजनिक गरेको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले नेपाल क्षयरोग निवारण संस्था मोरङ, नेपाल रेडक्रस सोसाइटी मोरङ, गणेश मन्दिर विराटनगर तथा देवकोटा पुस्तकालय विराटनगरले कब्जा गरेको अस्पतालको जग्गामा निर्माण गरिएका भवनमा सञ्चालनमा रहेका व्यवसायिक पसलहरू हटाइने जानकारी दिए।

बिज्ञापन

डा. झाका अनुसार गणेश मन्दिरको मातहतमा सञ्चालित उज्ज्वल फर्मा, कलश फर्मा, किसन किराना पसल, श्रृती फार्मेसी र बालबालिका क्लिनिक हटाइनेछन्। त्यसैगरी नेपाल क्षयरोग निवारण संस्था मोरङको मातहत रहेका श्रेष्ठ खाजा घर, मदिना होटेल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत सेन्टर, मोनिका फार्मेसी, निरुपमा होटेल तथा दुई वटा खाली सटर पनि हटाइने सूचीमा छन्।

यस्तै, नेपाल रेडक्रस सोसाइटी मोरङको मातहत रहेका सुनिल भेराइटिज, सुभना ट्रेडर्स, त्रिवेणी फोटोकपी स्टुडियो, राष्ट्रिय वाणिज्य बैंकका दुई हल, कोशी मोबाइल र मिना मेडिकलमा पनि डोजर चलाइने अस्पतालले जनाएको छ।

देवकोटा पुस्तकालय विराटनगरको मातहत रहेका दुई वटा बन्द सटर, भट्टराई पान पसल, सुवान सैलुन, देवकोटा हेयर कटिङ, मोःमोः हाउस, सुपर सङ्गीत आर्ट्स, देवकोटा होटेल, पान पसल तथा देवकोटा पुस्तकालयको मूल भवनमा समेत डोजर चलाइने अस्पताल प्रशासनले जनाएको छ।

यद्यपि गणेश मन्दिर, ब्लड बैंकको मूल भवन, राष्ट्रिय वाणिज्य बैंकको मूल भवन, देवकोटा पुस्तकालयको मुख्य भवन तथा नेपाल क्षयरोग निवारण संस्थाको भित्री भवनमा भने तत्काल डोजर नचलाइने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले स्पष्ट पारे।

यसैबीच, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अस्पताल प्रशासनले तयार पारेको सूचीमा कुनै चिन्हांकन नगरिएको जानकारी दिएका छन्। अस्पताल प्रशासनले भने सरकारी जग्गा संरक्षण तथा अस्पतालको सेवा विस्तारका लागि अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa