Premier Cables
Premier Steel

विराटनगर

उद्योग संगठन मोरङको ५३औं वार्षिक साधारण सभा सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।आर्थिक एवं औद्योगिक प्रवर्धन र विकासको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य प्राप्तीमा योगदान पु¥याउदै आएको नीजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग संगठन मोरङको ५३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन कार्यक्रममा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरका सूचकहरू सुधारोन्मुख भएतपनि उद्योग, लगानी, उत्पादनका क्षेत्रले अझै अपेक्षित गति नलिएकाले नीजि क्षेत्रको चुनौती केवल तरलताको नभई विश्वासको पनि भएको वताउनु भयो ।

बिज्ञापन

उहाले अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति श्रृंखला, ढुवानी तथा उत्पादन लागतमा समेत दबाब सिर्जना भएतापनि निजी क्षेत्र उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिबद्ध रहेको धारणा राख्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट लगानी, उत्पादन र रोजगारीको नयाँ वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले प्रदेशको आर्थिक समृद्धिको आधार निजी क्षेत्र रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीको मनोबल उच्च बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा उद्योगमैत्री नीति कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहँले उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन र औद्योगिक पूर्वाधार विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले निजी क्षेत्रले लगानी वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । उहाले सरकार र निजी क्षेत्रबीच सहकार्य, नीतिगत स्थिरता, लगानीमैत्री वातावरण, पूर्वाधार विकास भएमा नेपालको आर्थिक समृद्धि र दिगो औद्योगिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग संगठनका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुयश प्याकुरेलले उद्योग संगठन मोरङले निजी क्षेत्रको नेतृत्वदायी संस्थाका रूपमा नीति निर्माणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै संस्थागत निरन्तरता र दूरदर्शी नेतृत्वले संगठनलाई अझ सशक्त बनाएको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उत्पादन लागत न्यूनीकरण, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि अहिलेको प्रमुख आवश्यकता भएको बताउदै निजी क्षेत्रका सुझावलाई नीति निर्माणमा समेट्नु पर्ने धारणा राख्नु भयो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले निजी क्षेत्रबीचको एकता, सहकार्य र साझा एजेण्डाले मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताउदै उद्योगी व्यवसायीका साझा समस्याको समाधानका लागि संस्थाहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउदै उद्योगी व्यवसायीका समस्या समाधान, निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन र युवा उद्यमशीलताको विकासमा जोड दिनुभयो ।

साधारण सभाको उद्घाटन कार्यक्रममा उच्च निर्यात योगदान उद्योग सम्मानबाट पशुपति खाद्य तेल उद्योग प्रा.लि., उदीयमान निर्यात उद्योग सम्मानबाट जय श्री पियुटेक, आत्मनिर्भरता कदर सम्मानबाट एलेक्सा लाइफ साइन्सेस प्रा.लि., उच्च रोजगार योगदान कदर सम्मानबाट अरिहन्त मल्टिफाइबर्स लिमिटेड, उद्योग–शैक्षिक सहकार्य कदर सम्मानबाट जानकी पोलिट्याङ्क प्रा.लि., उदीयमान स्टार्टअप उद्यमी कदर सम्मानबाट आरा टेक्नोलोजी प्रा.लि. तथा प्राविधिक शिक्षा तथा सीप विकास योगदान कदर सम्मानबाट दुहबी नगरपालिका र श्री इन्स्योर परियोजनालाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा संगठनका पदाधिकारी, कार्यसमिति सदस्यहरु, उद्योगी, व्यवसायी, महिला तथा युवा उद्यमीहरु, सरकारी निकायका प्रतिनिधि, विभिन्न उद्योग वाणिज्य संघ–संस्थाका पदाधिकारी, विकास साझेदार,सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa