Premier Cables
Premier Steel

विराटनगर

अपडेट- कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १३, २०८३  | बिहान ९:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान नेपाली कांग्रेससँग आबद्ध नेता अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ । विराटनगर स्थित निवासमा खानतलासी गर्न बिहान प्रहरी टोली गिरीको घर पुगेको थियो ।

प्रहरीले अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा गिरीको घरमा खोजतलास गरेको जनाएको छ। खानतलासीका क्रममा के फेला पर्‍यो भन्ने विषयमा भने प्रहरीले तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले प्रहरी टोली फर्किएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए।

अभिषेक गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। सजाय पूरा गरेपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa