Premier Cables
Premier Steel

खेलकुद

क्रोएसियाको पहिलो जित, पानामा लगातार दोस्रो हार

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | बिहान ७:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । क्रोएसियाले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणअन्तर्गत पानामाविरुद्ध भएको खेलमा क्रोएसियाले १–० को कठिन जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५३औँ मिनेटमा एन्ते बुदिमिरले जोसिप स्टानिसिकको पासलाई सदुपयोग गर्दै गोल गरेपछि क्रोएसियाले अग्रता लिएको थियो। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो।

बिज्ञापन

यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४–२ ले पराजित भएको थियो।

यता, पानामाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा पानामा घानासँग १–० ले पराजित भएको थियो। दुई खेलपछि पनि पानामा अंकविहीन रहेको छ।

समूह ‘एल’को अंक तालिकामा क्रोएसियाले तीन अंक जोड्दा पानामा अझै अंकविहीन छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa