Premier Cables

शेयर बजार

शेयर बजारमा झिनो अंकको सुधार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आज सेयरबजार झिनो अंकले बढेको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।

विज्ञापन

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४ करोड ७८ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारकोको व्यवस्था नहुँदा त्यसको रियाक्ट अहिले बजारमा देखिएको छ । अहिलेको अवस्थामा बजारमा ठूलो भोल्युम पनि छैन । अहिलेको सेनारियो हेर्दा सेयर किन्न र बेच्न अवस्था छैन । लगानीकर्ताहरुले सस्तोमा सेयर बेच्न चाहिरहेका छैनन् र खरिद गर्न पनि माहोल राम्रो नभइदिदा कारोबार दैनिक खुम्चिदै गएको छ ।’

उनले थपे, ‘सरकारले बजेटमार्फत बढाएको करको इफेक्ट सेयरबजारमा देखिएको छ । यो बेला सिजनल अनुसार बजार चल्नुपर्ने हो तर नयाँ कम्पनीहरु बाहेकका कम्पनीहरु चल्न सकेका छैनन् । बजार अहिले साइडवेजमै चलिरहेको छ । यस्तै अवस्था हो भने २७ सयबाट तल खसेर २६ सय वा २५८० को विन्दुमा पुगेर बजार बल्ल फर्किने सम्भावना रहन्छ । अब लगानीकर्ताको एउटै आशा भनेकै मौद्रिक नीति छ, तर बजेटमै नीतिहरु स्पष्ट भइसकेकाले त्यसबाट पनि खासै आशा गर्न सकिने अवस्था छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज लगानी समूह सर्वाधिक अर्थात ०.५३ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स ०.१४, हाईड्रो ०.३० र उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले बढ्यो । विकास बैंक समूह भने ०.४६ अंकले बढ्यो ।

यो दिन होटल तथा टुरिजम समूह सर्वाधिक अर्थात ०.६४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१८, जीवन बीमा ०.०७, लघुवित्त ०.०४, म्युचुअल फण्ड ०.०५, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ र व्यापार ०.६० प्रतिशतले घट्यो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka