Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारको धर्ना

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका पत्रकारहरूले सरकारले उपलब्ध गराउने विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक ढंगले वितरण गर्न माग गरेका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा पत्रकारहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

बिज्ञापन

धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले संघीय सरकारले परिपत्र जारी गर्दै सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा रोक लगाएको निर्णयका कारण स्वरोजगारमूलक सञ्चार संस्थाहरू संकटमा परेको बताएका छन्।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारको उक्त निर्णय गलत रहेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन माग गरे।

महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले प्रदेश सरकारका विज्ञापन प्रदेशभित्रका सञ्चारमाध्यममार्फत नै प्रवाह गर्नुपर्ने धारणा राखे। उनले प्रदेश सञ्चार प्रतिष्ठान यथाशीघ्र गठन गरी सञ्चारमाध्यम र पत्रकारका समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरे।

कार्यक्रमपछि अध्यक्ष खड्काको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमार्फत सञ्चारमाध्यम र पत्रकारका समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गरिएको थियो।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले पत्रकार तथा सञ्चार क्षेत्रका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको र समाधानका लागि आवश्यक कदम चालिने बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa