Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा महिलाका लागि खेलकुद तथा सांस्कृतिक महोत्सव हुँदै

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | राती ८:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महिलाहरूको सहभागिता, आत्मविश्वास र सामाजिक सक्रियता बढाउने उद्देश्यले विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ।

विराटनगर–११ स्थित एलायन्स युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी असार १३ गते शनिबार जनपथ माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो।

बिज्ञापन

पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष बिपुल चौधरीले घर–परिवारको दायित्वका कारण विभिन्न गतिविधिमा सहभागी हुन नसकेका महिलाहरूलाई सार्वजनिक तथा सामाजिक गतिविधिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

उनका अनुसार महोत्सवमा खेलकुदसँगै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। इस्कोन विराटनगरको टोलीले विशेष धार्मिक तथा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

महोत्सव अन्तर्गत आठ विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा २०० भन्दा बढी महिलाको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुन २० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने महिलाहरूलाई प्रमाणपत्रसहित आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले महिलामा नेतृत्व क्षमता, आपसी सम्बन्ध र सामाजिक सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka