Premier Cables

विराटनगर

विराटनगरका सबै वडा पूर्ण खोप सुनिश्चित, ११ हजारभन्दा बढी बालबालिका खोपको पहुँचमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउँदै महानगरका सबै १९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लक्ष्य हासिल गरेको छ।

महानगरका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका २ हजार १३९, १२–१५ महिनाका ९७७, १६–२३ महिनाका १ हजार ५४८ तथा २४–५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्। यस उपलब्धिले खोपबाट रोकथाम गर्न सकिने विभिन्न रोगविरुद्ध बालबालिकाको सुरक्षा सुदृढ भएको महानगरको भनाइ छ।

विज्ञापन

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरे। आवश्यक सबै सूचक पूरा गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको बताए। खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम कम गर्न र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मीको सक्रिय परिचालनका कारण यो सफलता हासिल भएको बताए। उनका अनुसार खोप छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन तथा अभिलेखीकरणलाई आगामी दिनमा थप प्रभावकारी बनाइनेछ।

खोप संयोजक सुशील साहले स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबीचको समन्वयले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले खोपबाट बच्न सकिने रोगको जोखिम न्यूनीकरणका लागि नियमित खोप सेवामा निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न वडा तहमा नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम र खोप छुटेका बालबालिकाको पहिचानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसलगायत रोगबाट बालबालिकालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले बाल स्वास्थ्य सूचक सुधार्नुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भारसमेत कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भन्दै आगामी वर्षहरूमा नियमित खोप सेवाको पहुँच विस्तार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा खोप अभियानको दिगोपनामा विशेष जोड दिइने बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka