Premier Cables

विराटनगर

विराटनगरमा कुकुर बन्ध्याकरण गर्दा सहाराको गम्भीर लापरबाही

Calendar मंगलबार, जेठ १३, २०८२  | अपराह्न १२:१८ बजे

विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ ।

बिज्ञापन

बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

बिज्ञापन

विस्कुट र सामान्य हड्डी मात्रै दिएर शल्यक्रिया गरेको दुई तीन घण्टामै पठाउने गरेको पाइएको छ,’ यादवले भने । उनका अनुसार सहाराले जुन ठाउँबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएको हो बन्ध्याकरणपछि सोही स्थानमा लगेर छाड्नुपर्नेमा अन्यत्रै लगेर छाड्ने गरेको छ ।

सहाराले फोहोर व्यवस्थापन पनि पनि गम्भीर लापरबाही गर्ने गरेको उनको भनाइ छ । सहाराको नियन्त्रणमा रहेका तीनवटा कुकुरको मरेपछि कम्पाउण्डभन्दा बाहिर फ्यालेको र स्थानीयले विरोध गरेपछि पुनः कम्पाउण्डभित्रै खाल्डो खनेर पुरेको यादवले बताए ।

बन्ध्याकरण गरिसकेपछि भित्री अरगेन्स (पार्ट) कम्पाउण्डभित्रै जलाएर दुर्गन्धित बनाएको भनेर स्थानीयबाट महानगरमा थुप्रै गुनासो आएको पशुपंक्षी शाखा प्रमुख यादवले उल्लेख गरे । यस विषयमा जानकारी लिन सहारा एनिमल केयर सेन्टरकी संस्थापक डा. रश्मी थापासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो
Advertisement