Premier Cables
Premier Steel

खेलकुद

नेपालको शानदार जित, लिग-२ मा अमेरिका १२२ रनले पराजित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | साँझ ५:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनमा समेटियो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७, शेहान जयसूर्याले २६ तथा कप्तान साइतेजा मुक्कामल्लाले २२ रन जोडे ।

बिज्ञापन

अमेरिकाका लागि सञ्जय र नोत्थुषबीच आठौँ विकेटका लागि ७० रनको साझेदारी भएको थियो भने शायन र शेहानले दोस्रो विकेटका लागि ५३ रन थपेका थिए ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई-दुई विकेट हात पार्दा सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो । नेपालका इशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३६ बलमा चार चौका र चार छक्कासहित ५९ रन बनाए ।

कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रनको योगदान दिए । आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन थपे । इशान र रोहितबीच तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी भएको थियो भने आसिफ र कुशलले पहिलो विकेटका लागि ६९ रन जोडे ।

अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए भने रुसिल उगकर र मिलिन्द कुमारले समान एक विकेट हात पारे ।

यस जितसँगै नेपालले २८ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौँ स्थान कायम राखेको छ । पराजयका बाबजुद अमेरिका २८ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka