काठमाडौं । इरानले आफ्नो सेना पहिलेभन्दा अझ बढी तयार, सशक्त र संगठित रहेको दाबी गरेको छ । इरानी सेनाको खातम अल अम्बिया केन्द्रीय हेडक्वार्टरका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले देशको सेना कुनै पनि बाह्य आक्रमणको सशक्त प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।
इरानी सरकारी समाचार एजेन्सीका अनुसार उनले भने, “इरानी फौज सधैँ सतर्क अवस्थामा छ र कुनै पनि दुस्मनको आक्रमणलाई ठूलो स्तरमा जवाफ दिन सक्षम छ ।”
बिज्ञापन
यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि आक्रमण गर्ने तयारी गरेको भए पनि खाडी क्षेत्रका केही देशहरूको आग्रहपछि उक्त कदम रोकिएको बताएका थिए ।