Premier Cables
Premier Steel

अर्थ विराटनगर

बीआईएस लाइसेन्स नवीकरण ढिलाइले निर्यात प्रभावित, तत्काल कूटनीतिक पहल गर्न व्यापार संघको माग

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | राती ८:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारत सरकारले नेपाली उत्पादनहरूको भारत निर्यातका लागि अनिवार्य बनाएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) लाइसेन्सको नवीकरण तथा नयाँ लाइसेन्स जारी प्रक्रियामा ढिलासुस्ती गर्दा नेपाली उद्योगहरूको निर्यात प्रभावित भएको भन्दै मोरङ उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले भारतीय पक्षको व्यवहारका कारण नेपालबाट भारततर्फ हुने निर्यातमा अवरोध सिर्जना भएको उल्लेख गर्दै समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।

बिज्ञापन

संघका अनुसार भारतीय पक्षले नेपाली निर्यातकर्ताहरूको बीआईएस लाइसेन्स नवीकरण नगर्नु तथा नयाँ लाइसेन्स जारी गर्न ढिलाइ गर्नुका कारण भारतीय बजारमा नेपाली उत्पादनको निर्यात रोकिएको अवस्था छ। विशेषगरी Foreign Manufacturer Certification Scheme अन्तर्गत नेपाली उद्योगका आवेदन, निरीक्षण, परीक्षण तथा स्वीकृतिका सम्पूर्ण प्रक्रियामा स्पष्ट समयसीमा निर्धारण नगरिएकाले दुई देशबीचको द्विपक्षीय व्यापार प्रभावित भएको संघले जनाएको छ।

यस विषयमा संघले उद्योग विभागका महानिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गर्दै भारतीय पक्षको गैर-भन्सार अवरोधका कारण नेपाली निर्यातजन्य उद्योग तथा व्यवसाय प्रत्यक्ष आर्थिक क्षतिमा परेको जानकारी गराएको छ। साथै, यस्ता अवरोध तत्काल अन्त्य गर्न पहल गर्न आग्रह गरिएको छ।

संघले सरकारलाई तत्काल कूटनीतिक च्यानल प्रयोग गरी समस्या समाधान नगरे नेपाली उद्योगहरू धराशायी हुन सक्ने चेतावनी दिएको छ। भारतसँगको व्यापार घाटा कम गर्न निर्यात सहजीकरण नै प्रमुख उपाय भएको उल्लेख गर्दै संघले यस्ता प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्न र भविष्यमा यस्ता अवरोध दोहोरिन नदिन भारतसँग उच्च तथा नीतिगत तहमा स्थायी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा नेपाली उद्योगी व्यवसायीहरूको हित संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka