Premier Cables
Premier Steel

अर्थ

नीति तथा कार्यक्रम: भिजिट नेपाल २०८५ मनाइने

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | साँझ ५:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालले ‘भ्रमण नेपाल २०८५’ मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ले आगामी आर्थिक वर्षलाई त्यस अभियानको पूर्वतयारी वर्षका रूपमा अघि बढाइने बताएका छन् ।

बिज्ञापन

आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गरिने जानकारी दिए । साथै, यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाइने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू गरिने उल्लेख गरे ।

पर्यटक प्रवेशाज्ञा प्रणालीलाई पूर्ण रूपमा अनलाइन बनाइने तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विद्युतीय प्रवेश प्रणाली जडान गरिने घोषणा पनि गरिएको छ ।

त्यसैगरी, नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्न कूटनीतिक पहल गरिने बताइएको छ । पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै प्रवर्द्धन गरिने सरकारको योजना छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka