Premier Cables
Premier Steel

अर्थ विराटनगर

उद्योग संगठन मोरङद्वारा १३७ औं श्रमिक दिवसमा श्रमिकको सम्मान

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | साँझ ६:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा श्रमिक सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने यस दिनको अवसरमा, श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै, सुनसरी–मोरङ औद्योगिक करिडोरको उद्योगमा कार्यरत तीन जना श्रमिकलाई उद्योगमा दीर्घ सेवा पु¥याए वापत सम्मान गरिएको हो ।

बिज्ञापन

सम्मानित श्रमिकहरूमा नेपाल लिकर्स प्रा.लि.मा २५ वर्ष देखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल ईण्ड. प्रा.लि.मा २५ वर्ष देखि कार्यरत मोहम्मद ईद्रिस मिया, जयश्री पोलीमर्स प्रा.लि.मा २० वर्ष देखि कार्यरत सीतादेवी लामिछाने रहनु भएको छ ।

उक्त ३ जना श्रमिकहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष विपिन कावरा, सुवोध कोइराला, पूर्व अध्यक्षहरु तथा ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्षहरूले संयुक्त रूपमा सम्मान–पत्र सहित नगद प्रदान गर्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले श्रमिक दिवस संघर्ष, एकता, अधिकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्थापित ऐतिहासिक दिन भएको वताउदै सम्पूर्ण श्रमिकहरू प्रति सम्मान व्यक्त गर्नुभयो ।

उहांले उद्योग संगठनले श्रमिकहरूको सम्मान, हकहितको संरक्षण तथा उद्योग र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा सेतुको भूमिका निर्वाह गर्दै आएको र यसैको परिणाम स्वरूप संगठन र यस क्षेत्रका ट्रेड युनियनहरू बीचको सम्बन्ध सुमधुर, विश्वासपूर्ण र सहकार्यमा आधारित रहँदै आएको धारण राख्नु भयो ।

संगठनका उपाध्यक्ष रोजगार सुवोध कोईरालाले वर्तमान विश्व परिवेशमा प्रविधिको विकास, श्रम बजारको परिवर्तन र आर्थिक चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न श्रमिक र व्यवस्थापन बीच अझ घनिष्ठ सहकार्य आवश्यक भएको औल्याउदै आपसी सहकार्यले उत्पादनशीलता मात्र नभई श्रमिकहरूको मनोबल पनि उच्च बनाउँने विचार व्यक्त गर्नु भयो ।

नेपाल ट्रेड युनियन क्रांग्रेस मोरङ कमिटिका अध्यक्ष सुशिल कोइरालाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै उद्योगको विकास गर्न सकिने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको र त्यसका लागि संवाद, पारदर्शिता र सहकार्य प्रमुख आधार भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा संगठनका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी÷व्यवसायीहरु, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका अन्य विभिन्न ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटिका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरुका साथै विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरुको सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka