Premier Cables
Premier Steel

समाचार

सामान्य अंकले बढ्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२७ प्रतिशत अर्थात् ७.७३ अंकले बढेर २ हजार ७९६.४३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४६७.७२ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७४ करोड ८८ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘अब विस्तारै लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न थालेको छ । केही दिनयता देखिएको धरकपडहरुले बजार प्रभावित बनाएको थियो तर अब बजारलाई प्रभाव पार्ने खालका गतिविधि वा धरकपड सकिएका छन् । अब आगामी आव २०८३/८४ को बजेट घोषणा नजिकिँदै गएको छ, लगानीकर्ताहरु बजेटप्रति उत्साहित छन् ।

उनले थपे, ‘अहिलेको सेनारियो हेर्दा सरकारले बजेटमा कर घटाउने नीति ल्याउने कुरा छ, यसले बजारलाई थप सकारात्मक प्रभाव पार्ने देखिन्छ । अहिले लगानीकर्ताहरुले खासै सेयर किन्न वा बेच्न चाइरहेका छैनन् यसकारण बजारमा खासै भोल्युम देखिएको छैन । तर अब बजेटअघि बजार विस्तारै भोल्युमसहित बढ्दै जानेछ । सम्भवतः बजेटअघि सेयरबजार ३ हजार वा ३२ सयको विन्दुमा पुग्ने देखिन्छ ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka