नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार आयल निगम नजिक प्रदर्शन गरेको छ।
काठमाडौंको बबरमहलस्थित आयल निगम परिसरमा धर्ना दिन पुगेका प्रदर्शनकारीलाई प्रहरीले हटाएपछि उनीहरूले निगम बाहिर विरोध प्रदर्शन गरेका हुन्। अभियानका प्रतिनिधिहरूले धर्नासहित ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए, तर आवश्यक समन्वय नभएको भन्दै प्रहरीले हस्तक्षेप गरेको जनाएको छ।
प्रहरीले परिसरबाट बाहिर निकालेपछि प्रदर्शनकारीहरूले “प्रहरी दमन मुर्दाबाद” र “पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर” जस्ता नारा लगाउँदै विरोध जनाएका थिए।
प्रदर्शनमा सहभागीहरूले छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले मूल्य नघटाइए आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।


