Premier Cables
Premier Steel

समाचार

विराटनगरमा मोटरसाइकलबाट ५ लाखभन्दा बढी रकम बरामद, एक जना भारतीय पक्राउ

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको नगद बरामद गरिएको छ भने रकम ओसारपसारमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको डीएसपी तिलकबहादुर खड्काको नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएर जाँच गर्दा उक्त रकम फेला परेको हो।

बिज्ञापन

जाँचका क्रममा मोटरसाइकल चालक भारत, बिहार राज्यको अररिया जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरीको साथबाट स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका २०० थान, पाँच सय दरका ६०० थान, एक सय दरको १ थान, साथै १० र ५ रुपैयाँका एक/एक थान नोट रहेका छन्।

रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि चौधरीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरेको छ।

बरामद नगद तथा मोटरसाइकलसहित चौधरीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। इन्स्पेक्टर कविन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa