Premier Cables

खेलकुद

लखनऊले निकाल्यो पहिलो जित, हैदराबाद पांच विकेटले पराजित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । आईपीएल २०२६ मा लखनाउ सुपर जायन्ट्सले आफ्नो पहिलो जित दर्ता गरेको छ।

रिशभ पन्तको अर्धशतकको मद्दतमा लखनाउले सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गर्‍यो।

विज्ञापन

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको खेलमा हैदरावादले दिएको १५७ रनको लक्ष्य लखनाउले १९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

लखनाउको जितमा पन्तले अविजित ६८ रन बनाए। उनले ५० बलमा नौ चौका प्रहार गरे। ओपनर एडन मारक्रमले ४५ रन जोड्दै राम्रो साथ दिए। साथै अब्दुल समादले १६, मिचेल मार्सले १४ र आयुष बडोनीले १२ रन बनाए।

हैदरावादका बलरमध्ये हर्ष दुबेले दुई विकेट लिए भने इशान मलिंगा र शिवांग कुमारले एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो। टोलीका लागि हेनरिक क्लासेनले ६२ रन बनाए। उनले नितिस कुमार रेड्डीसँग पाँचौँ विकेटका लागि ११६ रनको साझेदारी गरे। रेड्डीले ५६ रन बनाए।

लखनाउका बलरमध्ये प्रिन्स यादव, मोहम्मद शामी र आभेष खानले समान दुई विकेट लिए भने दिग्विजय राठी र मणिमरण सिद्धार्थले एक–एक विकेट लिए।

यस जितसँगै लखनाउले दुई खेलबाट एक जित र एक हारसहित दुई अंक जोडेको छ। हैदरावादले भने तीन खेलमा एक जित र दुई हारसहित दुई अंकमै सीमित छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka