Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका कवि एवं पत्रकार नवोदित काठमाडौंमा सम्मानित, अहिलेसम्म कति पाए सम्मान ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | अपराह्न १२:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष समर्पण गर्दै आएको ‘व्यथित काव्य सम्मान-२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ ।

काठमाडौंमा विशेष समारोह आयोजना गरेर संघले विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई वरिष्ठ कवि केदारमान व्यथितको नाममा स्थापित सो सम्मान गरेको हो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधानलगायतले नवोदितलाई टोपी, माला, दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

युवा मोती पुरस्कार, कोशी प्रदेश सरकारबाट उत्कृष्ट युवा साहित्य पुरस्कार, नेपाल जेजीस, रोटरी क्लब, लायन्स क्लबबाट राष्ट्रिय सम्मानलगायत चार दर्शनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरिसकेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् ।

४५ औं कथा दिवसको अवसरमा आयोजित समारोहमा कवि विमला तुम्खेवालाई समेत व्यथित काव्य पुरस्कार समर्पण गरिएको थियो । यसअघि सो सम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठलगायत सम्मानित भइसकेका थिए ।

त्यस्तै भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृंखला साहित्यिक मासिकको सम्पादक-प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि पुरस्कृत भए ।

व्यथित काव्य डायस्पोरा सम्मानबाट सम्मानित गरिने घोषणा गरिएका कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहेकाले पछि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।

कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय वरिष्ठ समालोचक प्रमोद प्रधानले दिएका थिए भने सम्मान र पुरस्कारका लागि गरिएको चयनका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले स्पष्ट पारेका थिए ।

कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै कथा दिवसबारे जानकारी दिए । यसैगरी प्रमुख अतिथि केके कर्माचार्यले सम्मान र पुरस्कारका लागि असल पात्रहरूको चयन भएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रिय भएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे ।

कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार नवोदितले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।
शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उदघाटन गरिएको सो कार्यक्रमको सहजीकरण कवि एवं कथाकार मणि लोहनीले गरेका थिए ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील साहित्यिक पत्रकार संघको स्थापना वि. सं. २०२९ साउन २९ गते भएको थियो । साहित्यिक पत्रकार संघले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिक बनभोज, आत्मवाचन कार्यक्रम, सम्मान, अभिनन्दनलगायतका कार्यक्रमहरूसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कारलगायतका पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka