Premier Cables
Premier Steel

समाचार

मौसम बदली र वर्षाको सम्भावना कायमै

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | बिहान ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बिज्ञापन

मंगलबार (चैत्र १७) दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। साथै, कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka