काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा नयाँ पुस्ताको WiFi 6 इन्टरनेट सेवा सार्वजनिक गरेको छ। यस सेवासँगै अब प्रयोगकर्ताहरूले ढिलो इन्टरनेट, बफरिङ र घरका कमजोर सिग्नल भएका कुनाहरूबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।
नयाँ WiFi 6 प्रविधि विशेषगरी आधुनिक घरपरिवारका लागि लक्षित गरिएको हो, जहाँ एकै समयमा स्ट्रिमिङ, अनलाइन कक्षा, भिडियो कल र गेमिङजस्ता गतिविधि चलिरहेका हुन्छन्। कम्पनीका अनुसार, यस सेवाले पहिलेको तुलनामा ४ गुणासम्म राम्रो प्रदर्शन, फराकिलो कभरेज र कम लेटेन्सी प्रदान गर्नेछ।
ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार २५० Mbps देखि ६०० Mbps सम्मका प्याकेजहरू रोज्न सक्नेछन्। वार्षिक २५० Mbps प्याकेजको मूल्य रु. १३,८०० (भ्याट सहित) तोकिएको छ, जसमा ग्राहकहरूले १ महिना निःशुल्क इन्टरनेट सेवा पनि पाउनेछन्।
हालका ग्राहकहरूका लागि पनि अपग्रेड प्रक्रिया सहज बनाइएको छ। उनीहरूले केवल रु. ५०० मा नयाँ WiFi 6 ONU मा अपग्रेड गर्न सक्नेछन्।
त्यसैगरी, घरभरि बलियो इन्टरनेट कभरेज सुनिश्चित गर्न कम्पनीले WiFi 6 Mesh Router पनि सार्वजनिक गरेको छ, जसको मूल्य रु. ३,५०० (भ्याट सहित) रहेको छ। यो मेश प्रणालीले घरका सबै कोठामा समान रूपमा इन्टरनेट सिग्नल फैलाउने दाबी गरिएको छ।
अब ग्राहकहरूले बैठक कोठामा 4K स्ट्रिमिङ, अध्ययन कक्षमा भिडियो कल, शयनकक्षमा अनलाइन कक्षा वा गेमिङ गर्दा बिना अवरोध इन्टरनेट प्रयोग गर्न सक्नेछन्।
थप जानकारी लिन वा सेवा अपग्रेड गर्न इच्छुक ग्राहकहरूले ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको Vianet कार्यालयमा जान सक्नेछन्।
