Premier Cables
Premier Steel

राजनीति

११ जना कांग्रेस नेतालाई कारबाही गर्न सिफारिस

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | अपराह्न ३:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचनका क्रममा पार्टी उम्मेदवारलाई असहयोग गरिएको आरोप लगाउँदै सिराहा–२ का काँग्रेस सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय तहका गरी ११ जना नेतालाई कारबाही गर्न सिफारिस गरेका छन् ।

केन्द्रीय अनुशासन समितिमा पठाइएको सिफारिसमा पूर्वकेन्द्रीय सदस्य पदमनारायण चौधरी र उनका छोरा तथा महासमिति सदस्य सन्तोष चौधरीको नाम पनि समावेश गरिएको छ ।

बिज्ञापन

सिफारिसपत्रमा भनिएको छ, “फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (४) ‘क’ अनुसार पार्टी उम्मेदवारको विरुद्धमा काम गरेको, रास्वपा, जनमत तथा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दै पार्टी हितविपरीत गतिविधि गरेको र आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गर्न सिफारिस गरिएको हो ।”

कारबाहीका लागि सिफारिस गरिएकाहरूमा पूर्वकेन्द्रीय सदस्य तथा महासमिति सदस्य पदमनारायण चौधरी, महासमिति सदस्य सन्तोष चौधरी, महाधिवेशन प्रतिनिधि गौरीनारायण चौधरी, जिल्ला कार्यसमिति सदस्य रामगणेश दास, क्षेत्रीय समितिका सहसचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता, बुथ सभापति अम्बराज मिश्र, बुथ सभापति विनोद साह, क्षेत्रीय सदस्य गोपालकृष्ण यादव, थारु संघ सिरहाका अध्यक्ष अजय चौधरी र नेपाल लोकतान्त्रिक खेलकुद संघ सिरहाका अध्यक्ष आनन्द चौधरी रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka