Premier Cables
Premier Steel

समाचार

निर्वाचन सामग्री बोकेको गाडी भिरबाट खस्यो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । उक्त गाडी भिरबाट खसेको हो ।

जिल्ला प्रहरीका कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार, मतपेटिकालगायत कर्मचारी सवार गाडी भीरबाट खसेको हो ।

“गाडी खस्यो भन्ने सूचना आएको छ । हामी रेस्क्युका लागि गइरहेका छौँ । गाडी नम्बर खुलेको छैन,” उनले भने ।

उनका अनुसार, मन्थलीबाट रामेछाप २ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर हिँडेको गाडी देउराली सिरुबारीको भिरमा खसेका छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka