Premier Cables
Premier Steel

कोशी प्रदेश

निर्वाचन लक्षित गर्दै नेपाल-भारत सीमा ७२ घण्टा ‘सील’, उच्चस्तरीय सुरक्षा समन्वय बैठक विराटनगरमा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | साँझ ६:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच विराटनगरमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका जिल्ला मजिस्ट्रेट विनोद दुहनको सह-अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संयुक्त सुरक्षा रणनीति तय गरेको हो। निर्णयअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द गरिनेछ।

बिज्ञापन

सहमति अनुसार फागुन १८ गते मध्यरात १२ बजेदेखि फागुन २१ गते मध्यरात १२ बजेसम्म सीमानाका पूर्ण रूपमा ‘सील’ रहनेछन्। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै आवतजावतमा रोक लगाइने सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

बैठकले सीमा क्षेत्रबाट हुन सक्ने अवैध गतिविधि नियन्त्रणमा विशेष कडाइ गर्ने निर्णय पनि गरेको छ। तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश रोक्ने, लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार तथा हतियार र नगद तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले साझा रणनीति अपनाउने सहमति भएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार शंकास्पद गतिविधिबारे ‘रियल टाइम’ सूचना आदान–प्रदान गर्ने संयन्त्र स्थापना गरिनेछ। उनका अनुसार सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिभर पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रको सुरक्षा अझ सुदृढ बनाउने, आपसी समन्वयलाई प्रभावकारी बनाउने तथा साना–तिना विवादहरू स्थानीय तहमै समाधान गर्ने विषयमा समेत सहमति जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka