Premier Cables
Premier Steel

विराटनगर

बुढीगंगामा महिला सीप तथा आजीविका विकास केन्द्र उद्घाटन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न ३:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बुढीगंगा गाउँपालिका र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त साझेदारीमा सञ्चालित दुईवटा महिला सीप तथा आजीविका विकास केन्द्र आज दुई बेग्लाबेग्लै कार्यक्रमबीच उद्घाटन गरिएको छ।
केन्द्रहरूको उद्घाटन बुढीगंगा गाउँपालिकाका प्रमुख जीत नारायण थापा मगरले गर्नुभयो, दुईटा कार्यक्रममा उपप्रमुख अमृता गच्छदारज्यू र त्यो वडाको वडा सदस्यहरू समेत को उपस्थिति थियो।

गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा स्थापना गरिएका यी दुई केन्द्रमार्फत महिलालाई सिलाइ–कटाइ सम्बन्धी व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। प्रत्येक केन्द्रमा २० वटा सिलाइ मेसिन राखिएको छ, जसमा प्रति केन्द्र १०–१० वटा सिलाइ मेसिन रोटरी क्लब अफ विराटनगर डाउनटाउनको योगदान रहेको छ। साथै, ४० वटा टेलरिङ किट तथा तालिमका लागि प्रशिक्षक पनि रोटरी क्लबले उपलब्ध गराएको छ।

बिज्ञापन

यसअघि पनि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोगमा एक्राही गाउँमा यस्तै प्रकृतिको एक केन्द्र सञ्चालनमा ल्याइसकेको थियो। हाल उद्घाटन भएका दुई केन्द्रसहित बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेका महिला सीप तथा आजीविका विकास केन्द्रको संख्या तीन पुगेको छ।

उद्घाटन कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष गिरिजा सारडा, सेवा अध्यक्ष स्नेहा अटल, अध्यक्ष–निर्वाचित सरिता गोल्छा तथा तत्कालीन पूर्व अध्यक्ष मञ्जु अग्रवालको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले महिलालाई सीप, रोजगारी र आयआर्जनसँग जोड्ने यस्ता केन्द्रहरूले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। गाउँपालिका र रोटरी क्लबबीचको सहकार्यले पहिला पनि आँखा क्याम्प गरेर लगभग २०० जनाले आँखा जाँच र चस्मा कैटरेक्ट सर्जरी समेत गरेको थियो। यो सहकार्यले दीगो विकास र महिला सशक्तीकरणतर्फ ठोस कदम अघि बढेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka