Premier Cables
Premier Steel

राष्ट्रिय

रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ७:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।

सोमबार मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले हाललाई मुद्दा फिर्ता गर्न नमिल्ने आदेश दिएको हो।

बिज्ञापन

यसअघि महान्यायाधिवक्ता कार्यालयकी महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते उक्त मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित निकायलाई परिपत्र गरेकी थिइन्। त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दर्ता गरेको थियो।

तर अदालतले यस विषयमा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्र अन्तिम निर्णय गरिने उल्लेख गर्दै तत्काल मुद्दा फिर्ता गर्न नसकिने आदेश जारी गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka