विराटनगर । प्राविधिक शिक्षालयको गुणस्तर सुधार्न विराटनगरमा दुई दिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभेट) प्रदायक शिक्षालयहरूको संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायनु (क्युएए) सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बुधबारसम्म सम्पन्न भएको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का आङ्गिक, निजी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र साझेदारीका गरी १६ वटा शिक्षालयका प्राचार्य तथा क्यूएए फोकल व्यक्तिसहित ५४ जनाको सहभागिता रहेको थियो ।
सीटीईभीटी र युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटी) परियोजनाद्वारा आयोजित यो कार्यक्रम नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सहयोगमा सञ्चालित हो र परियोजनालाई स्विसकन्ट्याक्टले प्राविधिक सहायता प्रदान गरिरहेको छ । प्राविधिक शिक्षालयहरूलाई संस्थागत प्रत्यायनका लागि तयार र अभिप्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो प्रशिक्षण आयोजना गरिएको हो । जसरी कुनै सामग्रीको गुणस्तर मापनका लागि नेपाल स्ट्याण्डर्डु (एनएस) चिन्हलाई आधिकारिक मानिन्छ त्यसैगरी शिक्षालयको लगानी, शिक्षण प्रक्रिया र प्रतिफलको गुणस्तर सुनिश्चित गर्ने कडीका रूपमा प्रत्यायनलाई लिने गरिन्छ ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्राविधिक शिक्षामा गुणस्तरका पहलमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । तालिमको सफलताको शुभकामना दिँदै प्राविधिक शिक्षामा सरकारको गुणस्तर हाम्रो प्राथमिकतामा हुनुपर्ने र क्वालिटी परियोजनाले यस कार्यक्रमको सुरुवात गरेकोमा प्रशंसा गर्नुभयो ।
“युवाहरूलाई स्थानीय रूपमा काम गर्ने अवसर सिर्जना गर्न र वैदेशिक पलायन रोक्न शिक्षालाई उत्पादनसँग जोड्नु अनिवार्य छ । हामी बजार र शिक्षालाई जोड्ने गरी प्रदेश शिक्षा ऐन तर्जुमा गर्ने तयारीमा छौं र यस तालिमले सोको निम्ति ठोस सहयोग पुर्याउने मलाई विश्वास छू भन्दै गुणस्तरीय प्राविधिक शिक्षा सम्बन्धी तालिमको विशेष महत्त्व रहने कुरा बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालज्युले यो युग गुणस्तरीय शिक्षाको भएको बताउँदै प्राविधिक शिक्षालयको पहुँच विस्तारसँगै युवाहरूलाई दक्ष बनाउनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उद्योग सङ्गठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग र प्राविधिक शिक्षालयबीचको सहकार्यबाट मात्रै कोशी प्रदेशमा उद्यमशीलता र सीपयुक्त जनशक्तिको विकास सम्भव हुने धारणा राख्नुभयो । सिटीइभीटि कोशी प्रदेशका निर्देशक मीना खरेलज्युको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्वालिटी परियोजनाका कोशी प्रदेश प्रबन्धक शिवप्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सिटीइभीटिका उप-निर्देशक खेमराज पोखरेलज्युले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । प्रशिक्षण सत्रहरूमा उप-निर्देशक पोखरेल, गुणस्तर सुनिश्चितता विशेषज्ञ सागर मणि न्यौपाने र लेखा अधिकृत कृष्ण बहादुर खड्काले सहजीकरण गरिरहनुभएको छ ।

प्रशिक्षणका क्रममा क्यूएए विनियमावली २०८१ र निर्देशिका २०८२ का कानुनी प्रावधान, गुणस्तरका ७ वटा मापदण्ड, ७३ वटा सूचक, ३०० उप(सूचक र १५ सय बेन्चमार्कका बारेमा छलफल गरिनेछ । प्रस्तुतीकरण, समूह कार्य र अनुभव आदानप्रदानका माध्यमबाट सहभागीहरूलाई प्रत्यायनका निम्ति संस्थागत स्व(अध्ययन प्रतिवेदन तयार पार्ने र गुणस्तर सुधारका कार्ययोजना बनाउने ज्ञान र सीपमा थप निखारता ल्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सीटीईभीटी, क्वालिटी परियोजना, एनभीक्यूएस र इन्स्योरका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको छ ।

