Premier Cables
Premier Steel

राष्ट्रिय

सम्भावना देशमै छ यहीँ धेरै गर्न सकिन्छः रवि लामिछाने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ २६, २०८२  | बिहान १०:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल वा नेताले होइन, देशले जित्ने निर्वाचन हुने बताएका छन्।

‘जनसम्पर्क’ कार्यक्रमअन्तर्गत रूपन्देही क्षेत्र नम्बर १ को देवदह–खैरेनी पुगेका लामिछानेले यस्तो धारणा राखेका हुन्।

बिज्ञापन

उनले भने, “दल र नेताहरूले धेरै पटक जितिसके। हरेक निर्वाचनमा दलकै जित हुँदै आएको छ। तर फागुन २१ को निर्वाचन देशले जित्ने निर्वाचन हो।” उनले देशमै धेरै काम गर्न सकिने र त्यो सम्भावना रहेको बताए ।

रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को टिम समाहित भएको सन्दर्भ उल्लेख गर्दै लामिछानेले पार्टीमा पद होइन, जिम्मेवारीको बाँडफाँट गरिएको स्पष्ट पारे। “हामीले पद बाँडेका छैनौं, जिम्मेवारी विभाजन गरेका हौं,” उनले दोहोर्‍याए।

लामिछानेले आगामी पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने दाबी पनि गरे।

घोषणापत्रभन्दा काममा विश्वास गर्ने पार्टीको धारणा राख्दै उनले विगतमा अन्य दलहरूले गर्न नसकेका कामहरू आफूहरूले पूरा गर्ने जिकिर गरे।

देवदहबाट सुरु भएको रूपन्देही जिल्लास्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र त्यसपछि लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ।

रास्वपा रूपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार पार्टीको अभियान जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा पुग्नेछ।

समयको अभावका कारण बाटोमा पर्ने २६ स्थानमा औपचारिक सम्बोधन गर्न नसकिए पनि सभापति लामिछानेले केहीबेर रोकेर उपस्थित नागरिकलाई हात हल्लाउँदै अभिवादन गर्ने कार्यक्रम रहेको उनले बताए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka