नोट: यो समाचार १ महिना अघिको हो
विराटनगरमा मनोनयन दर्ता गराउँदै शेखर कोइराला ।
विराटनगर । आउने प्रतिनिधि सभा निर्वाचनमा बुढा र पाका उमेदवारहरुको पनि उत्तिकै बाढी छ ।
कोसी प्रदेशमा सबैभन्दा बढी उमेरका एक जना उमेदवार ८३ वर्षका छन् । झापा निर्वाचन क्षेत्र नम्बर १ मा हिरण्य प्रसाद भट्टराई नेपाल मजदुर किसान पार्टीबाट चुनाव उठेका छन् ।
ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ मा ८० वर्षीय उमेदवार शेरबहादुर खत्री राष्ट्रिय जनमोर्चाबाट उमेदवार छन् । त्यसपछि बुढ्यौली उमेरका उमेदवार मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका डा. शेखर कोइराला हुन् ।
उनकै उमेरका ७५ वर्षीय मान बहादुर पुलामी मगर नेपाल जनमुक्ति पार्टीबाट झापा निर्वाचन क्षेत्र नम्बर २ मा उमेदवार छन् ।
यो पटक कोशी प्रदेशमा ४० वर्षमाथिका ३८६ जना उमेदवार छन् । ५० वर्षमाथिका उमेदवारको संख्या २०८ रहेको छ । २५ वर्षका उमेदवार ६ जना छन् ।
