Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ निर्वाचन क्षेत्र नं ६ का उमेदवार, कसको पढाइ कति ?

Calendar सोमबार, माघ १२, २०८२  | अपराह्न १:२४ बजे

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा रुबिना आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदवार छिन् । उनको ठेगाना विराटनगर आयल निगम हो । ३१ वर्षीया आचार्यले एमबीए अध्ययन गरेकी छिन् ।

नेपाली कांग्रेसका डा. शेखर कोइराला यो निर्वाचन क्षेत्रमा अर्का उमेदवार छन् । कोइराला यसअघि पनि उठेका थिए । उनको शैक्षिक योग्यता एमएस÷एमडी स्नाकोत्तर रहेको छ । उनको उमेर ७५ वर्ष छ ।

बिज्ञापन

एमालेका विनोद ढकालले स्नातकसम्म अध्ययन गरेका छन् । ढकालको उमेर ५८ वर्ष रहेको छ ।

ओपेन्द्र कुमार राय नेपाली कम्युनिष्ट पार्टीबाट उमेदवार छन् । उनी बुढीगंगा गाउँपालिका पश्चिम टोल निवासी हुन् । उनको शैक्षिक योग्यता एसएलसी रहेको छ ।

कुमार प्रसाद खतिवडा मोरङ बुढीगंगा गाउँपालिका गोकूवा निवासी उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट उठेका छन् । उनको शैक्षिक योग्यता स्नातक रहेको छ । मातृका पौडेल श्रम संस्कृति पार्टीबाट उमेदवार छन् । उनले १० कक्षासम्म पढेका छन् ।

अनु मगर मोरङ केराबारी गाउँपालिका देविझोडा स्थायीबासी हुन । उनी मंगोल नेशनल अर्गनाइजेसनबाट उठेकी छिन् । उनले एसएलसीसम्म अध्ययन गरेकी छिन् । सुधराम माझी मोरङ बुढीगंगा गाउँपालिका गोकुवा निवासी हुन् । जनमत पार्टीका यी उमेदवारको शैक्षिक योग्यता एसएलसी हो ।

राजु मण्डल राजवंशी मोरङ बुढीगंगा गाउँपालिका बाँसवारी निवासी हुन् । उनी जनता समाजवादी पार्टी, नेपालबाट उमेदवार छन् । उनको शैक्षिक योग्यता उल्लेख छैन् ।

सविन निरौला मोरङ पथरी शनिश्चरे नगरपालिका निवासी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेका छन् । उनले स्नातक अध्ययन गरेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka