Premier Cables
Premier Steel

कोशी प्रदेश

शेखर-विनोदलाई टक्कर दिँदैछन् जेनजी उमेदवार राम खत्री

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ ०७, २०८२  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ यसपटक पनि हेभीवेट उम्मेदवारका कारण चर्चामा छ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका विनोद ढकालबीचको प्रतिस्पर्धासँगै यस क्षेत्रमा एक युवा जेनजी उम्मेदवारको प्रवेशले चुनावी माहोल थप रोचक बनेको छ।

केही समयअघिसम्म कांग्रेसभित्र डा. कोइराला उम्मेदवार बन्ने वा नबन्ने भन्ने विषयमा अन्योल थियो। पार्टी अध्यक्ष केपी ओलीले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गर्दा मोरङ-६ खाली राखिएको थियो भने एमालेतर्फ विनोद ढकालको उम्मेदवारी होल्डमा थियो। अन्ततः दुबै नेताले यही क्षेत्रबाट मनोनयन दर्ता गराएका छन्।

आ–आफ्ना पार्टीमा प्रभावशाली मानिने शेखर र विनोद दुवैलाई चतुर राजनीतिज्ञका रूपमा हेरिन्छ। शेखर विशेष महाधिवेशनमा खुलेर नआए पनि अन्तिममा गगन थापाको समर्थनमा टिकट लिएर चुनावी मैदानमा उत्रिएका हुन्। उता विनोद ढकाल एमाले अध्यक्ष ओली इतर समूहबाट केन्द्रीय महाधिवेशनमा सचिव पदका उम्मेदवार बनेका थिए।

यिनै स्थापित र अनुभवी नेताहरूलाई चुनौती दिन २५ वर्षीय जेनजी उम्मेदवार राम खत्री मोरङ-६ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। भोजपुर घर भई हाल विराटनगरमा बसोबास गर्दै आएका खत्री मोरङकै सबैभन्दा कान्छा उम्मेदवार हुन्। जेनजी आन्दोलनपछि चर्चामा आएका उनी ‘द काउन्सिल अफ जेनजी मोरङ’का संयोजकसमेत हुन्।

खत्रीका अनुसार जेनजी आन्दोलनपछि देशले नयाँ सोच र परिवर्तनको खोजी गरिरहेको छ। “हाम्रा मुद्दालाई नीतिगत रूपमा कार्यान्वयन गराउनका लागि नै यसपटक चुनावमा होमिएको हुँ,” उनले भने। पटक–पटक परीक्षण भइसकेका परम्परागत दल र नेताबाट अपेक्षित परिवर्तन नआएको उनको भनाइ छ।

विराटनगरस्थित एप्लाइड कलेजमा बिबीएस चौथो वर्षमा अध्ययनरत खत्री सामाजिक कार्यमा पनि सक्रिय छन्। सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी अभियानमा संलग्न उनीसँग पत्रकारिताको अनुभवसमेत छ। उनले रेडियो र स्थानीय अनलाइन माध्यममा काम गरिसकेका छन्। “राजनीति र प्रशासनमा जमेको धुलोमैलो सफा गर्नकै लागि राजनीतिमा सक्रिय भएको हुँ,” खत्रीले बताए।

युवा तथा परम्परागत राजनीतिबाट दिक्क भएका मतदाताले आफूलाई समर्थन गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

मोरङ-६ मा अघिल्लो निर्वाचनमा कांग्रेसका डा. शेखर कोइरालाले एमालेका लालबाबु पण्डितलाई पराजित गर्दै विजय हासिल गरेका थिए।


*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka