Premier Cables
Premier Steel

राजनीति

टिकट मिलाउन कांग्रेसका तीन पक्षका नेता एक ठाउँ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । नेपाली कांग्रेसमा चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्।

टिकट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरूप गएराति काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा लामो छलफल भएको छ।

विशेष महाधिवेशनपछि संस्थापन पक्ष (सभापति गगन थापा समूह) बाट केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक तथा डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल छलफलमा सहभागी थिए। वार्तामा सहभागी एक नेताका अनुसार उनीहरूबीच टिकट वितरण प्रक्रिया र गुटगत भागबन्डाका विषयमा गहन छलफल भएको थियो।

तीन गुटका नेताहरूबीचको छलफलपछि सोही होटलमा पार्टी सभापति गगन थापासँग रमेश लेखक र डा. रिजालले अलग्गै भेटवार्ता गरेका थिए। चुनावी टिकटको टुंगो लगाउन दबाब बढ्दै गएपछि नेताहरूले आन्तरिक छलफल र गृहकार्यलाई तीव्र बनाएका हुन्।

टिकट वितरणको विवाद समाधान गर्न आज पनि वार्ता गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। तर बैठकको समय भने अझै तय भइसकेको छैन।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka