Premier Cables
Premier Steel

राजनीति

मेयर बालेनले दिए राजीनामा, काठमाडौंको कार्यवाहक मेयर डंगोल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी छन्। मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएसँगै उनले स्वतः कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन्।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयर पद रिक्त भएमा उपमेयरले स्वतः कार्यबाहकको जिम्मेवारी पाउने व्यवस्था छ। सोही ऐनको प्रावधानअनुसार डंगोल कार्यबाहक मेयर बनेकी हुन्।

बिज्ञापन

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय जानुअघि काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए। उनी केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ, जहाँ कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ।

दिउँसो १ बजे नै पार्टी कार्यालय पुग्ने भनिए पनि राजीनामासम्बन्धी निर्णय प्रक्रियामा केही ढिलाइ भएपछि उनी केहीबेर ढिलो भएका थिए।

रास्वपामा औपचारिक प्रवेश गरेपछि बालेनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेताका रूपमा रहने बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka