Premier Cables
Premier Steel

राजनीति

कांग्रेसभित्र सहमतिको सम्भावना टर्दै, संस्थापन लचिलो नबन्दा समस्या

Calendar बुधबार, पुष ३०, २०८२  | बिहान ८:२८ बजे

काठमाडौं । नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना झन् कमजोर बन्दै गएको छ ।

विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी एक नेताका अनुसार अब सहमति जुट्ने सम्भावना अत्यन्त न्यून देखिएको छ ।

बिज्ञापन

वार्तामा सहभागी ती नेताले कार्यकारी भूमिकाबाट सभापति हट्नुपर्ने विषयमा सहमति नजुटेको बताए । उनका अनुसार सभापतिसँग छलफल गरेर फर्किने भनिए पनि सम्बन्धित पक्ष पुनः वार्तामा नआएको र सभापति कार्यकारी भूमिकाबाट हट्न तयार नभएकै कारण संवाद अघि नबढेको बुझिएको छ ।

उनले भने, “उहाँहरूको तर्फबाट फेरि छलफल गर्ने संकेत आएको छैन । तैपनि हाम्रो तर्फबाट एकपटक प्रयास गर्नेछौँ ।”

उनले सबै विषयमा सहमति भए विशेष महाधिवेशनको स्वामित्व लिने कुरा सम्भव हुने तर सहमति नजुटे स्वामित्वको विषयमा पनि दाबी गर्न नसकिने बताए ।

नियमित महाधिवेशन नहुँदासम्म पार्टी सञ्चालनका लागि विशेष संयन्त्र बनाएर अघि बढ्ने विकल्प आफूहरूले प्रस्ताव गरेको पनि उनले जानकारी दिए । तर सभापति सक्रिय राजनीतिबाट हटे मात्र यस्तो संयन्त्र बन्न सक्ने कुरा वार्तामा स्पष्ट रूपमा राखिएको उनको भनाइ छ ।

उनले विशेष महाधिवेशन दुई दिनदेखि लम्बिइरहेको उल्लेख गर्दै अब सहमतिको आशामा प्रतिनिधिहरूलाई रोकिराख्न सम्भव नभएको बताए ।

उनका अनुसार अर्को पक्षले संवाद टुंग्याएको जस्तो देखिए पनि आफूहरू अझै छलफलको प्रयासमा रहनेछन् । “यदि उहाँहरू तयार हुनुभएन भने निर्वाचन प्रक्रिया अघि बढ्नेछ,” उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka