Premier Cables
Premier Steel

अर्थ

जीवन विकासको सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध निर्वाचित

Calendar मंगलबार, पुष २९, २०८२  | साँझ ६:४० बजे

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विराेध निर्वाचित गरेकाे हाे ।

बिज्ञापन

संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् ।

निर्वाचित सञ्चालक सदस्य गोकर्ण खतिवडा पत्रकारिता र कर्पोरेट सञ्चार क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बोकेका स्थापित व्यक्तित्व हुन् ।

राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय मामिलामा उनकाे दख्खल छ । उनले ज्योति विकास बैंक र अरुण फाइनान्स लिमिटेडमा सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।

सिटौला व्यवस्थापन र लगानी रणनीतिका क्षेत्रमा अनुभवी हुन् । नेपाल कमर्स क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका सिटौलासँग संस्थागत लगानी र वित्तीय व्यवस्थापनको लामो अनुभव छ ।

सेयर बजार विश्लेषण, आर्थिक अध्ययन र पोर्टफोलियो व्यवस्थापनमा उनकाे दख्खल छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka