Premier Cables
Premier Steel

कोशी प्रदेश

ग्रामथान गाउँपालिकामा संधैको तनाव, लेखामा लगाइएको ताला फुटाइयो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको शक्ति संघर्ष चर्किँदा पालिका कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ।

गाउँपालिका अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारु पक्षबीचको विवादका कारण बिहीबार दिनभर कार्यालय परिसर अशान्त बन्यो।

अध्यक्ष माझीले एकलौटी रूपमा काम गरेको आरोप लगाउँदै उपाध्यक्ष थारुले बुधबार पालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन्। उक्त ताला खोल्न माग गर्दै बिहीबार अध्यक्ष समर्थक र स्थानीय कार्यालय पुगेका थिए। सो क्रममा जबर्जस्ती ताला फुटाइएपछि विवाद चर्किएको हो। ताला फुटाउने क्रममा दुवै पक्षबीच भनाभन र हातहालाहालसमेत भएको थियो।

उपाध्यक्ष थारुले अध्यक्ष माझीले गाउँसभा एकपक्षीय रूपमा सञ्चालन गरेको र बजेट पुस्तिकामा उपाध्यक्षको भूमिका नै हटाइएको आरोप लगाइन्। ‘बजेट पुस्तिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मात्र मन्तव्य समावेश छ, उपाध्यक्षको मन्तव्य किन हटाइयो ?’ भन्दै उनले असन्तुष्टि जनाइन्।

यता, गत मंसिरमा भएको उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित अध्यक्ष माझीले भने कार्यपालिकामा एमाले बहुमत रहेको भन्दै आफूलाई घेराबन्दी गरिएको दाबी गरेका छन्। उपाध्यक्षसहित एमाले निकट जनप्रतिनिधिहरूले काम गर्न नदिने उद्देश्यले पटक–पटक अवरोध सिर्जना गरेको उनको गुनासो छ।

अध्यक्ष र उपाध्यक्षबीचको विवाद कार्यालयभित्र मात्र सीमित छैन। यसअघि पुस ९ गते विराटनगरको मुख्य सडकमा अध्यक्षले प्रयोग गरिरहेको गाडीको साँचो उपाध्यक्ष थारुले खोसेपछि सार्वजनिक रूपमै विवाद भएको थियो।

बिहीबार ताला फुटाउन पुगेका व्यक्तिहरूले आफूहरू कुनै राजनीतिक कार्यकर्ता नभई पालिकाको सेवा अवरुद्ध हुँदा प्रभावित भएका स्थानीय नागरिक भएको दाबी गरेका छन्। अवस्था थप बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

जनप्रतिनिधिहरूबीचको व्यक्तिगत तथा राजनीतिक टकरावका कारण ग्रामथान गाउँपालिकाको प्रशासनिक कामकाज र विकास निर्माणका गतिविधि प्रभावित हुँदै गएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka