Premier Cables
Premier Steel

राजनीति

रमेश लेखकको स्थान हद फुकुवा, केपी ओलीको के हुन्छ?

Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ५:४६ बजे

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकविरुद्ध सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद तोकेको थियो ।

बिज्ञापन

बुधबार लेखकको पुरक बयान लिएपछि आयोगले उनीमाथि लगाइएको स्थान हद हटाउने निर्णय गरेको हो । आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरिएको जानकारी गराइसकेको छ ।

यसअघि गत असोज १२ गते बसेको आयोगको बैठकले लेखकविरुद्ध स्थान हद लगाउने निर्णय गरेको थियो । स्थान हद लागेसँगै उनी काठमाडाै बाहिर जान पाएका थिएनन् । अब घुमफिर गर्न सक्नेछन् । एमाले अध्यक्ष केपी ओलीकाे स्थान हद भने कायमै छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka