Premier Cables

खेलकुद

फागुनमा दोस्रो रंगटोली गोल्डकप फुटबल प्रतियोगिता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | साँझ ५:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रंगटोली युवा क्लबको आयोजनामा दोस्रो रंगटोली गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आउँदो फागुन १ गतेदेखि सुरु हुने बताइएको छ ।

ग्रामथान गाउँपालिका–३ स्थित रंगटोली युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।

विज्ञापन

क्लबका अध्यक्ष झलक भगतका अनुसार ८ टोली सहभागी रहने प्रतियोगिता फागुन १ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता ग्रामथान गाउँपालिका–३ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयको खेल मैदानमा आयोजना हुनेछ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने टोलीहरूमा पटनाली फुटबल क्लब, चुलाचुली एफसी, विराट मेघा स्पोर्ट्स एकेडेमी, ब्रदरहुड एफसी, कोशी प्रदेश प्रहरी टोली, आयोजक रंगटोलि युवा क्लब, लहान एफसी र बेतना युनाइटेड क्लब रहेका छन्।

प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ।

स्थानीय युवालाई खेलकुदप्रति प्रोत्साहन गर्ने, स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष भगतले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka