Premier Cables
Premier Steel

समाचार

बाबुराम भट्टराईसँग भेटेर बालेनले भने-अब राजनीतिमा आएँ सहयोग गर्नुपर्यो

Calendar बिहिबार, पुष १०, २०८२  | साँझ ६:४० बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बोलाएर आफू राजनीतिमा आएको बताएका छन् ।

बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा बालेनले भट्टराईसँग भेटवार्ता गरेका थिए ।

बिज्ञापन

भट्टराईले आफूलाई बालेनले फोन गरेर भेटवार्ताका लागि बोलाएको जानकारी दिए । “नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ भन्ने पक्षको मान्छे हो । यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएँ,” भेटवार्ता सकेर निस्कँदै गर्दा भट्टराईले भने ।

बालेनले भट्टराईलाई बोलाएर आफू राजनीतिमा होमिएको भन्दै सहयोग मागेका छन् । जेनजी स्रोतका अनुसार बालेनले आफू राजनीतिमा आएको भन्दै भट्टराईलाई अभिभावक बनेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka