Premier Cables
Premier Steel

खेलकुद

ग्रिनपिस र अर्किड अन्तर स्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

Calendar सोमबार, पुष ०७, २०८२  | साँझ ६:१९ बजे

विराटनगर । ग्रिनपिस स्कुल र अर्किड स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले डिएभी स्कुललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रनको योगफल तयार पारेको थियो ।

बिज्ञापन

डिएभीका प्रभान्स कर्णले ४० रनको योगदान दिए । ग्रिनपिसका समिमले पनि ३ विकेट लिए ।

जवाफमा १ सय १७ रनको लक्ष पछ्याएको ग्रिनपिसले १६ दशमलव ५ बलमा ८ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो । ग्रिनपिसका साकिर आलमले २९ रन जोड्दा प्लेयर अफ म्याच आमिर रैनले अविजित २१ रनको योगदान दिए । डिएभीका अन्स अग्रवालले ४ विकेट लिए ।

चौथोे क्वाटरफाइनल खेलमा अर्किड स्कुलले विकेभिएम स्कुललाई १४ रनले पराजित गरेको छ । टस आरेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले सर्वाधिक ५३ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले ३ विकेट लिए ।

जवाफमा १ सय २३ रनकोे लक्ष पाएको विकेभिएमले पुरै ओभर खैल्दै ९ विकेट गुमाई १ सय ८ रन मात्र बनाउन सक्यो । विकेभिएमका विवेक यादवले ३७ रनको योगदान दिए । अर्किडका प्रेम कमतले २ विकेट लिँदा सुजन यादव, अभय कामत र अन्सु कामतले पनि २–२ विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka